Uncategorizedराष्ट्रिय समाचार

दुर्घटनाग्रस्त यती एयरलाइन्स विमानको भ्वाइस र फ्लाइट डाटा रेकर्डर भेटियो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ माघ २०७९, सोमवार

काठमाडौं आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एयरलाइन्सको  भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर भेटिएको हो।

उनले भने,’भ्वाइस रेकर्डर फ्लाइट डाटा रेकर्डर दुवै फैला परिसकेको अवस्था छ। छानबिन कमिटीलाई ह्यान्ड ओभर गर्ने प्रोसेसमा छौं।’

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरण नहुँदै सेती खोँचमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु सवार थिए।

घटनास्थलबाट  ६८जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ। उनीहरुको खोजि कार्य जारी छ। फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *