राष्ट्रिय समाचारसूचना-प्रविधि

जबर्जस्ती करणी आरोपमा तीन पक्राउ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

बागलुङ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पर्वतको कुश्माका दुई किशोरीलाई ललाइ फकाइ बागलुङ स्थित एक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका ८ सिर्जना चोकका २५ वर्षीय अशोक दर्लामी, धादिङको कटुन्जे गाउँपालिका घर भइ पोखरा बस्ने १९ वर्षीय सन्दीप तामाङ र गुल्मी घर भइ पोखरा बस्ने १९ वर्षीय राहुल थापा पक्राउ परेका हुन् ।

गत शनिबार भएको उक्त घटनापछि तीनै जना किशोरी घर नफर्केपछि अभिभावकले खोजी गरेका थिए । खोजीको क्रममा बागलुङ बजारको समीट चोकमा भेटिएपछि किशोरीले जबर्जस्तीमा परेको बताएका थिए । अभिभावकले प्रहरीमा खबर गरेपछि जबर्जस्ती गर्नेको खोजी भएको थियो । सोमबार प्रहरीले तीनै जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

पीडित किशोरीहरूको धौलागिरि अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले सरकारी वकिल कार्यालय बागलुङ मार्फत् सोमबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरेको छ ।अदालतले सात दिनका लागि म्याद थप गरी हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए । सामाजिक संजालबाट चिनजान भएपछि ती किशोरी र युवाबीच पटकपटक भेट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । युवाहरुले जन्मदिनको कार्यक्रम मनाउन भन्दै ती किशोरीलाई बोलाएको र होटलमा लगेर जबर्जस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *