समाचार

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;शुक्रबार, पुस २२ , २०७९

काठमाडौं बिहीबार राति पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।

रूपन्देहीको सालझन्डीबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सालझण्डी ढोरपाटन सडकखण्डमा भएको उक्त दुर्घटनामा परी खुर्सानेका ४५ वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरूमा घिमिरे, १९ वर्षीया विमा पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताए।

सोही दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

घाईते हुनेहरू पनि सबै खुर्सानेकै रहेको प्रहरीले जनाएको छ।

घाईते हुनेहरूमा २२ वर्षिया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षिया चुमा घर्ति, ४१ वर्षिय राम बहादुर बस्नेत, २२ वर्षिय सूर्य बहादुर रेश्मी, चालक ३२ वर्षिय चेत बहादुर दर्जी छन्।

त्यस्तै अन्य घाईतेमा ७२ वर्षिय पूर्णकला दर्जी, ६० वर्षिया यमकला रास्कोटी, ३९ वर्षिया यमकला पाण्डे, २३ वर्षिया लालकुमारी पाण्डे, ७ वर्षिय सुरज घिमिरे, ३५ वर्षिया तुलसा पाण्डे, २६ वर्षिया लिला गाँहा, ९ वर्षिया अप्सना रास्कोटी, ३५ वर्षिया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षिया वर्षा भन्ने लिमकली पाण्डे निजको छोरी ३ महिनाको आर्या पाण्डे, ७३ वर्यिाया श्यानिकला पाण्डे रहेका छन्।

घाईतेहरू अधिकांशको हातखुट्टा भाँचिएको अवस्थामा छन्। बिहीवार राति साढे १० बजेतिर भएको दुर्घटनामा बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *