समाचारसूचना-प्रविधि

आँखाको लेन्स पनि तस्करी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

विराटनगर । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो ।

८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८०० रूपैयाँ बराबरको औषधि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतदेखि तस्करी गरेर ल्याइएको लेन्स आँखा अस्पतालले प्रयोग गर्ने गरेको आशंका छ । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रूपैयाँसम्म पर्छ ।

प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याएको चाबी (साँचो), थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान पनि बरामद गरेको छ ।

भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

तस्करीको सामान ल्याउनेहरु प्रहरीलाई देख्नासाथ भागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *