समाचार

निर्वाचन आयोगले ४ पुसमा जलपान कार्यक्रम आयोजना गर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी ४ पुसमा आयोग परिसरमाअपरान्ह १ः३० बजे जलपान कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिए आयोगले जनाएको छ ।

यो वर्ष वैशाखमा स्थानीय तहको र मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *