विचार

चिरीबाबुले बालेनलाई भने- सहकार्य गरेर काठमाडौंमा मेट्रो चलाऔं

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं–ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सहकार्य गरी मेट्रो रेल चलाउने प्रस्ताव राखेका छन्।

बिहीबार महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालेन शाहसमक्ष प्रस्ताव राखेका हुन्।

काठमाडौं उपत्यकामा ५० लाखको जनसंख्या भएको र ३० लाख जनसंख्या भएमा मेट्रो चलाउन सम्भव हुने अध्ययनले देखाएको बताउँदै उनले उक्त प्रस्ताव राखेका हुन्।

‘हामीले यहाँ मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिटको व्यवस्थापन गर्न अति अनिवार्य भइसकेको छ। यसमा काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौं,’ उनले भने।

यस्तै, महानगरपालिकाले साइकल लेन बनाउनमा पनि सहकार्य गर्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *