राष्ट्रिय समाचारविचारसूचना-प्रविधि

भत्काइएका अनधिकृत संरचनाको थुप्रो अझै हटाइएन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका ‘डेब्रिज’ हटाउन अझै केही दिन लाग्‍ने भएको छ । नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र सम्बन्धित घरधनीले हटाएका छैनन् ।

काठमाडौं महानगरले भत्काएको काठमाडौं मलस्थित अनधिकृत संरचना । दुई साताअघि भत्काइएका संरचना नउठाउँदा पैदलयात्रुलाई आवतजावतमा सास्ती भएको छ । तस्बिर : इलिट जोशी/कान्तिपुर
सडकमै ती संरचना हुँदा सर्वसाधरण र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारदेखि ती संरचना हटाउने बताए पनि हटाइएको छैन ।

नगर प्रहरीको टोली बिहीबार पशुपति क्षेत्र, वीरा कम्प्लेक्स क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन केन्द्रित भएपछि नभ्याइएको पाण्डेले प्रतिक्रिया दिए ।

‘हामीले आजदेखि ती संरचना हटाउने भनेका थियौं; इन्द्र जात्राको पनि तयारी गर्नुपर्ने भएकाले भ्याइएन,’ पाण्डेले कान्तिपुरसित भने ।

बिहीबार नगर प्रहरीको टोलीले त्यसै छाडिएका संरचनाहरूको अभिलेख गरेर फर्किएको थियो । आइतबारदेखि ती संरचना हटाइने उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *