समाचार

बलिउडमार्फत पनि भारतसँग सम्बन्ध बढाउँदै दाहाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

काठमाडौँ — भारतसँग राजनीतिक सम्बन्ध बढाएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बलिउडमार्फत पनि सम्बन्धलाई विस्तार गरेका छन् । उनले नेपाल भ्रमणमा रहेका भारतीय चलचित्रका अभिनेता विवेक ओबरायसँग भेट गरी चलचित्र क्षेत्रबाट दुई देशबीच सम्बन्धलाई मजबुत बनाउने कोसिस गरेका हुन् ।

दाहाल र अभिनेता ओबरायबीच ललितपुरको खुमलटारमा बिहीबार अपराह्न भेटवार्ता भएको दाहालका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

उनीहरुबीचको भेटवार्तापछि दाहालले आफ्ना स्वकीय सचिव छोरी गंगा र नातिनी स्मितालाई पनि सँगै राखेर सामूहिक तस्बिर खिचाएका छन् । परिवारसहित बुधबार नेपाल आइपुगेका ओबरायले बिहीबार नै पशुपतिनाथको दर्शन गर्नुका साथै चन्द्रागिरिको भ्रमण गरेका छन् ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम छ । ओबरायको नेपाल बसाई १ हप्ताभन्दा बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *