राष्ट्रिय समाचारसमाचार

सामुदायिक विद्यालय सुधार गर्न तीनवटै सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएकी छन् । तीनवटै सरकारसहित शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले मात्रै सार्वजनिक शिक्षामा सुधार आउन सक्ने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालय महाराजगञ्जको स्वर्ण महोत्वसमा मंगलबार सहभागी राष्ट्रपति भण्डारीले सामुदायिक विदालयको शैक्षिक र भौतिक पूर्वाधार विकास गर्न राज्यले ध्यान दिनुपर्ने बताइन् । ‘सामुदायिक विद्यालयको समग्र सुधारका लागि सामूहिक प्रयास आवश्यक छ,’ उनले भनिन्, ‘लगानीको आधारमा प्रतिफल प्राप्त भएको छ कि छैन त्यो पनि खोज्नु पर्छ ।’ तीनवटै तहका सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीले सामूहिक प्रयत्न गर्ने सार्वजनिक शिक्षा सुधार गर्न सम्भव हुने उनले बताइन् ।

२०१८ सालमा स्थापना भएको बाँसबारी माविले दुई दिने कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । राष्ट्रपतिको उपस्थितिमा गरिएको समारोहमा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्न राज्यले प्राथमिकता दिएर लगानी वृद्धि गर्नुपर्ने बताएका थिए । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सकेमात्र विद्यार्थी, अभिभावकको आकर्षण बढ्ने उनको भनाइ थियो ।

समारोहमा विद्यालयले संस्थापक, जग्गादाता, चन्दादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी लगायतलाई सम्मान गरेको थियो । कक्षा १२ सम्म संचालित विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *