राष्ट्रिय समाचारसमाचार

आयोगले प्रधानमन्त्री देउवालाई बुझायो मतपरिणाम प्रतिवेदन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतपरिणाम प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएका हुन्।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो।

आयोगले बुधबार समानुपातिकतर्फको सांसद निर्वाचित भएको घोषणा गरेको थियो।

बिहीबार नै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन प्रतिवेदन बुझाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *