खेलकुदसमाचार

साउदी समर्थक अर्जेन्टिनाको पक्षमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चुनामनी नेपाल:  मेस्सीले साउदीविरुद्ध खेलमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा साउदीले लगातार दुई गोल गर्दै अग्रता लियो । पहिलो खेलमा नै साउदीले २-१ को जित दर्ता गरेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने संघारमा थियो ।

दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि मेक्सिकोका समर्थकले ह्वेर इज मेस्सीको नारा लगाए । पहिलो हाफ गोलरहित रहेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने डर बढ्दो थियो । उक्त खेलमा हार बेहोरेको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने दोस्रो राष्ट्र बन्ने थियो । तर ६४ औं मिनेटमा मेस्सीले सानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । उक्त खेल २-० ले जित्दै अर्जेन्टिनाले सम्भावना जीवित राख्यो ।

समूहको अन्तिम खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपनि अर्जेन्टिना पोल्यान्डमाथि २-० को जितका साथ राउन्ड अफ १६ मा पुग्यो । साउदी समर्थकले सुरु गरेको ह्वेर इज मेस्सीको नारा मेक्सिकोविरुद्ध खेलबाट अघि बढ्न सकेन । साउदी र मेक्सिको दुवै समूह चरणबाट नै बाहिरिएपछि त झन् मेस्सीविरुद्ध नारा बिलय भयो ।

मंगलबार राती त साउदी समर्थक नै मेस्सीविरुद्ध नारा परिवर्तन गरेर अर्जेन्टिनाकै समर्थनमा देखिए । सामाजिक संजालमा ‘ह्वेर इज मेस्सी’ भन्दै भाइरल बनेका एक समर्थक भने सेमिफाइनलमा अर्जेन्टिनाकै समर्थन गरिरहेको भेटिए । उनका अनुसार फाइनल पुग्यो भने अर्जेन्टिनाको समर्थन गर्ने वाचा अनुसार उनी मेस्सीको समर्थनमा आएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *