समाचार

जापानले आज रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ।

जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए। जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन्।

पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान-नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *