अन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

परिचय फेर्दै कराँचीको एउटा बस्ती

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

कराँची — कुनै समय त्यस्तो थियो, जतिबेला भित्री कराँचीको छिमेकी बस्ती लयारी गरिबी र हिंसाका लागि चिनिन्थ्यो । अहिले स्थिति फेरिएको छ र त्यहाँका आम फुटबलप्रेमीमा अर्जेन्टिनी टिमको बास बसेको छ । र, तिनीहरूको विश्वास छ, आइतबार हुने फाइनलमा जित्ने अर्जेन्टिनाले नै हो । बुधबार बिहान सबेरै लयरी क्षेत्रका फुटबलप्रेमी सडकमै निस्के र अर्जेन्टिनाले सेमिफाइनलमा प्राप्त जितको खुसीयाली मनाए ।

अर्जेन्टिनाले विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । धेरै कराँचीका फुटबलप्रेमी अचेल अर्जेन्टिनी जर्सीका सजिएका छन् । तिनीहरू दक्षिण अमेरिकी देशको गीतमा नाचिरहेका छन् ।

ताहिर खान फुटबल प्रशिक्षक हुन् । यी ४० वर्षीय प्रशिक्षक भन्छन्, ‘हाम्रा अधिकांश युवा अर्जेन्टिना र मेसीबाट प्रभावित छन् ।’ खासमा पाकिस्तानी फुटबलप्रेमी मेसी भनेपछि हुरुक्कै हुने खालका छन् ।

तिनीहरूका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्का खेलाडी ब्राजिली नेयमर उत्तिकै प्रिय छन् । तर, मेसी जति भने होइनन् । प्रशिक्षक खान थप्छन्, ‘अहिले धेरैजसो युवाले मेसी र नेयमरको नाम अंकित जर्सी लगाइरहेका छन् । अझ ईदका बेला पनि उनीहरू फुटबल जर्सी लगाइरहेका छन्, आफ्नो राष्ट्रिय पोसाकको स्थानमा पनि ।’ लयरीका फुटबलप्रेमीले आ–आफ्नो प्रिय खेलाडीको ठुल्ठूला तस्बिर पनि टाँस्ने काम गरिररहेका छन् ।

अर्जेन्टिना र उनको खास प्रतिद्वन्द्वी ब्राजिली टिमलाई धेरै मन पराउनु पछाडि तिनीहरूले खेल्ने उच्च दर्जाको फुटबल मात्र कारण भने होइन । खान भन्छन्, ‘दक्षिण अमेरिकी देशहरू युरोपका देश जत्तिकै विकसित छैनन् । तिनका खेलाडीहरू पूरा विश्वमा बढी चिनिन्छन् । एक वर्षअघि मात्र लयारीमा दुई परस्पर विरोधी समूहबीच हिंसात्मक भिडन्त भएको थियो, जसमा आधुनिक हतियारसमेत प्रयोग भएको थियो । त्यसैले यो लयारी धेरै अर्थमा बदनाम रहेको छ । तर पछिल्लो समय यसले आफ्नो परिचय फेर्ने प्रयास गरिरहको छ । यस स्थानबाट आजभोलि फुटबल र बक्सिङ खेलाडी उत्पादन भइरहेका छन् ।

यस्तै यहाँ सामाजिक कुरीतिबारे आवाज उठाउने र्‍याप संगीतका गायक देखा पर्न थालेका छन् । यिनै नव उदाउँदो युवाबीच फुटबलको प्रसंगमा दुई धार छ, अर्जेन्टिनी र ब्राजिली समर्थक ।

यहाँकै एक ४५ वर्षीय फुटबलप्रेमी साहिद सलिम भन्छन्, ‘हामीमध्ये धेरैलाई ब्राजिलको पहेँलो र खेल्ने शैली मनपर्छ, त्यसैले हामी ब्राजिलको बढी समर्थन गर्छौं । व्यक्तिगत रूपमा म अर्जेन्टिनी टिमको समर्थक हुँ, तर मेरा दुई छोरा ब्राजिलका कट्टर समर्थक छन् । त्यसैले फुटबलको प्रसंगमा बुवा र दुई छोराबीच प्रायः विवाद भइरहन्छ ।’ तिनीहरूका लागि मोरक्कोले अहिलेसम्म तय गरेको यात्रामा पनि खुसी छ ।

आखिरमा मोरक्को पहिलोपल्ट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देशमात्र होइन, पहिलो मुस्लिम देश पनि हो । फुटबल खुबै मन पराउने २० वर्षीय अब्दुल गफुर भन्छन्, ‘सुरुमा हामी ब्राजिलको समर्थक थियौं । तर, अहिले हामी मोरक्कोलाई समर्थन गरिरहेका छौं, किनभने यो मुस्लिम देश हो ।’ यही कारणले कसैका लागि भने मोरक्कोको समर्थन गर्ने हो अथवा अर्जेन्टिना र ब्राजिल । यसमा दुविधा पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *