समाचार

विद्यार्थी सगँ ट्राफिक प्रहरी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

स्याङ्जा । विद्याथीलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रहरी स्याङ्जाका हरेक विद्यालयमा पुग्ने अभियान चलाएको छ । विद्यार्थी जिवनमै ट्राफिक नियम सिकाउदा दुर्घट्ना न्युनिकरणमा सहज हुने विश्वास लिएर स्याङ्जाको ट्राफिक प्रहरीले विद्यार्थीसगँ ट्राफिक प्रहरी अभियान सुरुवात गर्दै आएको छ । आर्थिक बर्ष २०७८/०७९ बाट शुरु गरिएको यो अभियानमा सवारी चालक, सवारी धनी, यात्रु हुदै अहिले विद्यार्थी माझ पुगेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले बताए ।

ट्राफिक प्रहरीको पहुँच नपुगेको ठाँउमा यस्ता कार्यक्रमले सवारी दुर्घट्नादेखी ट्राफिक नियम सम्वन्धीमा महत्वपुर्ण भुमिका खेलेको उनले बताए । बालवालिकामा सबै भन्दा बढी बाटो काट्न समस्या हुनेगरेको देखिन्छ कुँवरले भने,‘सवारी साधनमा अपनाउनुपर्ने नियम विद्यार्थीलाई सिकाउदा लाभदायक भएको छ ।’ ट्राफिक नियम विद्यार्थीलाई सिकाउदा घर, समाज र भबिष्यलाई समेत यसले दिगो फाईदा हुने देखेर विद्यार्थी सगँ ट्राफिक अभियान चलाएका हौं उनले भने । गएको आर्थिक बर्षको समिक्षाले दुर्घट्ना न्युनिकरणमा प्रभावकारी भुमिका खेलेकोले यस कार्यलाई निरन्तरता दिदै आएको ट्राफिक प्रहरीको भनाई छ ।

११ पालिका मध्ये ७ वठामा ट्राफिक प्रहरीको पहुँच पुगेको छ । सिद्धार्थ राजमार्ग बाहेक चापाकोट नगरपालिका र आँधीखोला गाँउपालिकामा ट्राफिक विट राखेर सेवा प्रवाह गरिरहेको ट्राफिक प्रहरीको भनाई छ । जनशक्तिको अभावमा सबै पालिकामा ट्राफिक प्रहरीको पहुँच पु¥याउन नसकिएपनि कार्यक्रम मार्फत ट्राफिक सन्देश भने पु-याएको दावी ट्राफिक प्रहरीको छ । फेदिखोला, वालिङ, भीरकोट, पुतलीबजार र गल्याङ् नगरपालिकामा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले कक्षा ५ देखी माथीका विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक सन्देश दिदै आएको छ । उनीहरुलाई सवारी साधन रोकेपछि झर्ने, रोकेपछि चढ्ने, बाटो काट्दा जेब्रा क्रसिङ् भएको ठाउबाट मात्रै काट्ने लगायत बिषयमा प्रशिक्षण दिइएको छ ।

गएको आर्थिक बर्षमा झण्डै ४ हजारलाई प्रशिक्षण दिएको ट्राफिकले यो आर्थिक बर्षमा ५ हजार भन्दा बढीलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण दिने अभियानमा जुटेको जनाएको छ । ग्रामिण सडकमा दुर्घट्ना न्युनिकरण अभियानमा स्याङ्जाको ट्राफिक प्रहरीले खेलेको भुमिका प्रति यातायात व्यवसायी पनि सन्तुष्ट देखिएका छन् । कच्ची सडक, क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी साधनको मर्मत सम्हार र सवारी अनुमतिपत्र लिएकाले मात्रै सवारी चलाउने अभियानमा ट्राफिकको कडाई हुन थालेपनि स्याङ्जामा दुर्घट्ना न्युनिकरणमा केही सहजता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *