राजनीतिसमाचार

इलाम १मा पुन: मतदान माग्दै झलनाथ खनालले दिए सर्वोच्चमा मुद्दा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

उनको मुद्दा संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।

खनाललाई पराजित गर्दै यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए। बस्नेतले २५७५३ मत ल्याएका थिए भने खनालले २३०८९ मत ल्याएका थिए।

खनालले आफ्नो क्षेत्रमा पुन मतदानको माग गर्दै मुद्दा दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *