समाचार

कर्णालीमा करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ५ चैत्र २०७९, आइतबार

काठमाडौँ _नेपाल सरकार र दातृ निकायको सहयोगमा पानीको अभाव भएका कालिकोटका दुर्गम गाउँहरूमा सोलार लिफ्टबाट खानेपानी र सिचाई योजना सञ्चालन भएकोमा २०७९ साउनयता आधा दर्जन ठुला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन्। करोडाैं रकम खर्च गरेर निर्माण गरेका योजना मर्मत गरेर सञ्चालनमा ल्याउन कसैले चासो नदिदाँ बन्द भएका हुन्।

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ। सोलार सिस्टमबाट सुख्खा पहाडी वस्तीहरूमा खानेपानी सुविधाको लागि बनाएका लिफ्ट बन्द हुन थालेपछि स्थानीयहरू चिन्तित भएका छन्।

कालिकोटको खाँडाचक्र नगरपालिकामा निर्माण भएका २ वटा लिफ्ट बन्द भएका हुन्। पानीका मुहानबाट डाँडाँमा रहेका बस्तीहरूमा पानीको खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले निर्माण भएको लिफ्ट प्रविधि बन्द हुँदा असफल भएको हो।

कर्णाली प्रदेशको कृषि मन्त्रालयअन्तर्गतको १ करोड,लागतमा तयार गरीएको खाँडाचक्र नगरपालिका–२ को थामकोट लिफ्ट सिँचाइ योजना, खाँडाचक्र नगरपालिका–७ को तलसेरी लिप्ट सिँचाइ योजना बन्द छ। यस्तै महावै गाउँपालिका–६ को रानीपाटा लिप्ट सिचाई योजना पनी अहिले बन्द छन्।

पुर्व कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्ना पार्टीका कार्यकर्ता भति गर्नको लागि बाडिएका आयोजना अहिले अलपत्र परेको स्थानीयको आरोप छ।

गाउँमा लिप्ट सिँचाइ बन्द भइपछि गाउँमा समस्या थपिएको महावै ६ की गंगा शाहीले बताइन्। ४० लाखमा तिन वर्षअघि तयार गरिएको सान्नीत्रिवेणी गाउँपालिकाको सान्तीघाटमा रहेको लिप्ट सिँचाइ योजना पनी बन्द छ। वर्षासँगै आएका पानीले सबै बगाएपछि अहिले अलपत्र परेका छन्।

जिल्लामा लिफ्ट योजना असफल भइरहँदा पनि संघीय सरकारले करोडौं लागतका ठूला लिफ्ट योजना निर्माण गर्न रोकेको छैन जसका कारण प्राविधिक र भौगोलिक अवस्था पहिचान नगरी बनाइएका यस्ता योजनाले राज्यको करोडौ रकम बर्सेनि खोलामा बगेको छ। कर्णाली प्रदेशको कृषि मन्त्रालयबाट विनियोजित रकम अनुसारको सबै लिप्छट सिँचाइ अलपत्र परेका छन्।

‘जिल्लाभित्र सञ्चालित लिफ्ट खानेपानी असफल भए। अब सरकारले लिफ्टभन्दा स्थानीय मुल सुधार कार्यक्रम ल्याउनुपर्छ।’ हिउँद लाग्नबित्तिकै कालिकोटका ५ वटा पालिकामा खानेपानीको हाहाकार हुने गरेको छ। यस क्षेत्रका स्थानीयले खानेपानी र सिँचाइ अभाव भोगेको वर्षौ बित्दा पनि स्थानीय सरकारले केहि नगरेपछि सोलार लिफ्ट खानेपानी तथा सिँचाइ योजना बन्द छन्।

लिफ्टबाट खानेपानी नआउँदा अहिले स्थानीय खोला र कुवामै खानेपानीको जोहोका लागि धाउने गरेको महावै गाउँपालिकाकी गंगा शाहीले बताइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *