कला-साहित्य

म्याडिसनमा १६ औँ नेपाली साहित्य साँझ सम्पन्न

Advertisements
MAHABAI RURAL MUNICIPALITY

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औँ वार्षिक नेपाली साहित्य साँझ २०७९ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गर्ने सर्जक, संस्कृतिप्रेमीबीच आपसी भेटघाटको उद्देश्यले नेपाली–अमेरिकी मैत्री सङ्घ (नाफा)ले कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गरे भने प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष कवि वसन्त श्रेष्ठ थिए । सो कार्यक्रम सन्तोष पौडेल र पर्वत रेग्मीले स्वागत मन्तव्यका साथ प्रारम्भ गरेका थिए ।

बाल साहित्य पुरस्कार वितरण

सो कार्यक्रममा बाल साहित्य पुरस्कार वितरण गरिएको थियो । विजय मल्ल साहित्य पुरस्कारको प्रतियोगितामा भागलिने प्रतियोगीमध्ये लेखनाथ काफ्ले प्रथम, जीवन खड्का दोस्रो र अप्सरा गिरी भारतीले तेस्रो स्थान हासिल गरे ।

सो प्रतियोगितामा कविहरु जीवन खड्का, सुष्मा श्रेष्ठ, भीम पुडासैनी, प्रमोद आचार्य, कल्पना रिजाल, बिकी गुरुङ, अप्सरा गिरी, अर्चना धाख्वा, लेखनाथ काफ्ले, सुजाता गौतम एवं गणेश श्रेष्ठले कविता वाचन गरेका थिए भने बालबालिकातर्फबाट आन्या पाण्डेय, आर्जु पुडासैनी, आर्जन पुडासैनी, आभा भारती, आरोश सुवेदी, खुसी श्रेष्ठ, जुना रिजाल, नील पाण्डेय, प्रसङ्ग कटुवाल, प्रियासा गुरागाईं, पुरन बराल, युभान थापा, समिका पौडेल, सान्भी पाण्डे, सुहानी पाण्डे तथा सुयोग ज्ञवालीले पनि कविता वाचन गरेका थिए ।

बालबालिकातर्फबाट ओजस्वी पसछें र सुहानी पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए भने अर्चना धाख्वा तथा निकिता मिश्र पाण्डेयले बाल साहित्य संयोजन गरेका थिए ।

‘नाफा विजय मल्ल साहित्य पुरस्कार’ प्रतियोगताका बारेमा विजय मल्लकी सुपुत्री वन्दना मल्ल श्रेष्ठले पुरस्कारको औचित्यबारे प्रकाश पारेका थिए । यस्तै कृष्णदास मल्लका स्मृतिमा स्थापित ‘नाफा बाल साहित्य पुरस्कार’ का प्रायोजकका तर्फबाट सुपुत्री धन मल्ल श्रेष्ठले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे धारणा राखेकी थिइन् ।

कार्यक्रममा अप्रतियोगी कवि तथा कवयित्रीहरूमा राजेन्द्र अर्याल, अबिमन पसछें, सीता अर्याल, मित्र पौडेल, गङ्गा मल्ल श्रेष्ठ, दिनार श्रेष्ठ, निकिता मिश्र पाण्डेय एवम् प्रकास भट्टले कविता वाचन गरेका थिए । सहभागी प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितात्मक कार्यक्रमामा निर्णायकको भूमिकामा नेपालबाट सुलोचना मानन्धर धिताल, धीरेन्द्र प्रेमर्षि तथा विनोद अधिकारी थिए भने आन्तरिक निर्णायकमा सीता अर्याल, मित्र पौडेल तथा गङ्गा मल्ल श्रेष्ठ थिए । विजय मल्ल साहित्य पुरस्कार प्रतियोगीहरूका कविता वाचनपछि निर्णायक धीरेन्द्र प्रेमर्षिको प्रेरणात्मक सन्देश सुनाइएको थियो ।

‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन

यसैगरी उक्त कार्यक्रममा कोठे कविता प्रतियोगिताको संयुक्त प्रायोजनमा प्रकाशित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको सीता अर्याल, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति एवम् राधा सिजापतिले संयुक्त रूपमा ‘अपराध–सुधार’ कविता सङ्ग्रह विमोचन गरेका थिए । एकबहादुर क्षत्रीबले उक्त कृतिबारे सङ्क्षिप्त मन्तव्य राखे भने प्रमुख अतिथि वसन्त श्रेष्ठले सङ्क्षिप्त समीक्षा गरेका थिए ।

कार्यक्रमा बोल्दै कवि श्रेष्ठले नेपाली भाषा साहित्य र कलाको संरक्षण, संवद्र्धन र विकासका लागि अमेरिकन मैत्री सङ्घले गरेका विविध कार्यक्रमबारे प्रशंसा गरेका थिए । उनले भने, “नेपाली भाषा साहित्य र कलाको पुस्तान्तरणका लागि बालबालिकालाई नेपाली पाठशालाको स्थापना भएका छन् । नेपाली साहित्यिक कार्यक्रममा बालबालिकाले देखाएको उत्साह र जाँगरले नेपाली भाषासाहित्यको संरक्षण र विकासमा योगदान दिने कुरामा अब शङ्का गर्नु पर्दैन ।”

सो कार्यक्रममा ‘नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ श्री कृष्ण सिजापति तथा उहाँकी धर्मपत्नी श्रीमती राधा सिजापतिलाई प्रदान गरिएको थियो ।

यसैगरी ‘सगरमाथा प्रज्ञा पुरस्कार’ अमेरिकामा नेपाली समुदायका बालबालिकाहरूलाई नेपाली भाषा सिकाएर कक्षा सहसञ्चालकको रूपमा नेपाली भाषाको संवद्र्धन एवम् डायस्पोरिक नेपाली भाषासाहित्य तथा संस्कृतिको श्रीवृद्धिमा मन, वचन र कर्मले लामो समयदेखि विशिष्ट योगदान पु¥याउने आविष्कार भारतीलाई प्रदान गरिएको थियो ।

यसैगरी रेन्युएबल एनर्जी ग्रुपद्वारा प्रायोजित ‘नाफा छात्रवृत्ति’का संयोजन नम्रता डङ्गोलले गरेका थिए । सो छात्रवृत्ति नम्रता डङ्गोल, ब्रायन कोकर र डना वेमेट्बाट ओजस्वी पसछेंलाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम दिउँसो २ बजेदेखि प्रारम्भ भई साँझ ८ बजे समापन भएको थियो । कार्यक्रममा नाफाका पूर्व अध्यक्षहरू कृष्ण सिजापति, श्रीधर रानाभाटलगायत करिब १०६ साहित्यप्रेमीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *