समाचार

धादिङमा हजारौको सहभागितामा पवित्र महासभा सम्पन्न

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नेपाल सरकार, राष्ट्रका विशिष्ट व्यक्ति, राज्यका सम्पूर्ण संयन्त्र, संरचना र सुरक्षा, देशमा रहेको विकृति, विसंगति र प्राकृतिक विपत्ति, लगायत विभिन्न रोगव्याद्यीहरुको लागि प्रार्थना र देशमा शान्तिको कामना सहित दुई दिने वृहत पवित्र महासभा सम्पन्न भएको छ ।

धादिङको रुबीभ्याली गाउँपालिका वडा नं. ५, लापास्थित खुल्लाचौरमा मंसिर २२ देखि २३ गते दुई दिनसम्म आयोजित पवित्र महासभा लापा इसाई समाजले आयोजनामा गरेको हो ।

स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर तथा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अन्तरराष्ट्रिय वक्ता डा. रेभ. चेत बहादुर खेरलबाट विशेष प्रार्थना गरिएको सो सभामा रुबी गाउँपालिका लगायत जिल्लाका नजिक पालिकाबाट हजारौको संख्यामा आएका विभिन्न रोगीविरामी र आत्मिक समस्यामा परेकाहरू भेला भएका थिए ।

नेपाल सरकार, राष्ट्रका विशिष्ट व्यक्ति, राज्यका सम्पूर्ण संयन्त्र, संरचना र सुरक्षा, देशमा रहेको विकृति, विसंगति र प्राकृतिक विपत्ति, लगायत विभिन्न रोगव्याद्यीहरुको लागि प्रार्थना र देशमा शान्तिको कामना सहित देशका नेतृत्व वर्गहरुलाई इश्र्वरीय शक्तिद्धारा राष्ट्र संचालन गर्न अद्भुत ज्ञान र सद्वुद्धि प्राप्त होस भनि विशेष प्रार्थना गरिएको पास्टर खरेलले हामीलाई बताउनुभयो ।

आयोजकले सम्पन्न सभामा जिल्लाका विभिन्न पालिकाबाट आएका रोगीविरामीहरुले वर्षौ देखि भोगेका पीडा तथा शारीरिक रोगहरु निको भएको लापा इसाई समाजका अध्यक्ष दावा तामाङले बताएका छन् भने महासभामा उपस्थित सहभागीहरु पनि अद्भुत शक्तिको महशुस भएको भन्दै आफुहरु आश्चर्यमा परेको बताएका थिए ।

महासभाका प्रमुख वक्ता वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर खरेलका अनुसार भव्य सभाले नेपाल विश्वकै शान्ति मुलुक भएको सन्देश प्रवाह गर्दै अध्यात्मिक ईश्वरीय प्रार्थनाद्वारा शान्तिको कामना गरिएको बताउनुभयो । उहाँले महासभा सम्पन्न गराउन सहयोग र सहकार्य गर्नुहुने सबै सम्बन्धित सरोकार पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *