राष्ट्रिय समाचारसमाचारस्वास्थ्य

ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

गण्डकी, २९ जेठ(रासस)

पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो ।
सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उहाँले बताउनुभयो । यसैबीच थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो चाँडो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ ।
थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गर्नुभएको हो । ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *