मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर

  काठमाडौँ, ३० वैशाख (रासस) :

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएको छ । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।” 

  
–––

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *