दुई आरोहीको मृत्यु   

सोलुखुम्बु, ३० वैशाख (रासस) :

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो । यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ ।
–––

Leave a Reply

Your email address will not be published.