मुख्य समाचारसमाचारसूचना-प्रविधिहेडलाइन

हिमाल सफाइ अभियान टोली आमादब्लम हिमालको चुचुरामा   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, ३० वैशाख (रासस) :

नेपाली सेनाका सहसेनानी अर्जुन खत्रीको नेतृत्वमा रहेको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान–२०२१’ का क्रममा माथिल्लो शिविरको फोहर सङ्कलन गर्ने सेनाको टोलीले छ हजार ८१२ मिटर अग्लो हिमालको आज बिहान ९ः५८ बजे सफलतापूर्वक आरोण गरेको हो ।

टोलीमा हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पासहित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

आरोहण गर्ने क्रममा टोली बुधबार राति दोस्रो आधार शिविरबाट चुचुरातर्फ प्रस्थान गरेको थियो । यही वैशाख १२ गते सेनाले सगरमाथासहित छ हिमालको सफाइ गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *