राष्ट्रिय समाचारसमाचारहेडलाइन

विकास विकासनिर्माणका काममा युवाको सक्रियता   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

गलेश्वर, २४ वैशाख (रासस)

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।

वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु पाँच लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रेललगायत युवाले अहिले धमाधम खहरेखोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो । वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाको रु पाँच लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पु¥याएपछि सोही सडकको मर्मतमा युवा जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा बिनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवालाई नै दिइएको उहाँले बताउनुभयो ।

बाहिरबाट मजदूर ल्याएर काममा लगाउँदा कोरोना सङ्क्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवा पनि बेरोजगार बस्नुपर्ने भएकाले गाउँकै युवालाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्त समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताउनुभयो । अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुका साथै स्काभेटरको माध्यमद्वारा खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *