समाचार

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; २१ पुष २०७९, बिहीबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन्।

उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवलाई निर्देशन दिएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनेको हो।

आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल, हवाइ इन्धनमा मुल्य कटौती गर्न निर्देशन दिएको संयोजक शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *