अन्तर्वार्ता

अन्तर्वार्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कृष्णप्रसाद खड्गी

वि.स. २०५८ साल देखि २०७३ सालसम्म निरन्तररुपमा नेपाली काँग्रेस पार्टीको गाउँ ईकाइ समितिको सभापतिको रुपमा काम गर्नु भएका श्री कृष्णप्रसाद खड्गी २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको वडा नं. ४ को वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । कर्णाली डायरीका सह-सम्पादक राजकुमार सिंहले श्री खड्गीसंग गरेको संवाद : –

 

तपाईको कार्यकालमा भए गरेका विकास निर्माण र सामाजिक सास्कृतिक लगायतका कार्यहरु बारे बताइ दिनुहोस्‌न

– मेरो कार्यकालमा भएका विकास निर्माणको कुरा गर्नु पर्दा सर्वप्रथम जनताको आधारभूत आवश्यकताको रुपमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडकमा जनताको पहुँचमा पुग्ने गरी काम भइरहेको छ । सामुदायिक चुनदेवि मा.वि. र मंगलोदय क्याम्पसको लागि चाहिने पूर्वाधार तयार गरिसकेका छौ, जहाँ निम्न स्तरका विधार्थीहरु पढन्छन त्यसलाई व्यवस्थित गरि पढने वातावरण तयार गरिएको छ । त्यस्तै स्वस्थ्यमा भन्नु पर्दा नगरपालिका स्तरिय हस्पिटल तयार गरी चन्दागिरि प्राथमिक अस्पताल थानकोट स्थापना गरी स्थानिय जनताको पहुँच पुग्ने गरी २०७४ साल देखि निरन्तर २४ घण्टा सेवा पुर्याउने गरि हस्पिटले सेवा शुभारम्भ गरिसकेको छ । खानेपानीको सेवा सम्वन्धमा हाम्रो वडा नं. ४ थानकोटमा करिव १२०० घर धुरी छन, ती सवै घरधुरीमा खानेपानीको व्यवस्थितरुपले वितरण गर्ने व्यवस्था मिलाएका छौ । त्यस्तै सवै वडाहरुमा कालोपत्रे तथा ढलान गरी टोल टोलमा गाडी चल्ने सडक पुगेको अवस्था छ । विशेष गरि हाम्रो थानकोटबाट मकवानपुर जिल्लामा पर्ने चित्लाङ्ग, टिस्टुङ्ग जाने मोटरबाटो जुन गणेशमान मार्गले चिनिन्छ त्यसको काम धमाधम भइरहेको छ । सास्कृतिक हिसावले यहाँ भएका मठमन्दिर पाटी, विभिन्न जात्रा, पर्व, बाजा, गाजाका साथै सवै किसिमका जनजातिलाई समेट्ने गरि सवै प्रकारका संरचनालाई पुनर्निर्माण गरि थानकोटलाई चिनाउने आदिनारायण मन्दिर, महालक्ष्मी मन्दिर, ताफल फल्चा, गणेश मन्दिर फल्चा, कोटघर परिसर लगायत सवै किसिमका ऐतिहासिक धरोहरलाई पुरानै दाछी इट्टाबाट बनाई तयार गरिसकेको अवस्था छ ।

२०७२ सालको महा भूकम्पले क्षत विक्षत भएको वडा कार्यलयलाई पुन निर्माण गरि नगरपालिका भित्रको उत्कृष्ट वडा भवन तयार गरि हाल कार्यालय सञ्चालनमा ल्याइ सकेका छौ ।

अव बाँकी रहेको कार्यकालमा के कस्ता कार्यहरु गर्ने योजना बनाउनु भएको छ ?

अव बाँकी रहेको कार्यकालमा हामीले भौतिक निर्माणलाई भन्दा आम जनतामा जनचेतना जोगाउने कार्यक्रमहरु गर्ने, युवाहरुलाई विदेश जानबाट रोक्न रोजगारीमुलक सीप तालिम दिई उत्पादन मुलक रोजगारीको अवसर सृजना गर्ने खालका कार्यक्रहरु ल्याउने योजना छ ।नयाँ रोजगारीबाट उत्पादन भएका वस्तुहरुको वजारीकरण गरी सवै जनतामा आयआर्जत गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको छु । विशेष गरि पर्यटकीय क्षेत्रको रुपमा चिनिएको थानकोटलाई आन्तरिक तथा विदेशि पर्यटक आकर्षित गर्ने खालका पर्यटकीय स्थलको पहिचान गरी पर्यटकलाई ती क्षत्रहरुमा भर्मण गर्ने बातावरण बनाई त्यसबाट आयआर्जन गर्ने वातावरण सृजना गर्ने काम थालि सकेको छु ।

हामी कहाँ स्थापना भएका केवलकार, त्रिभुवन पार्कलाई विशेष व्यवस्थापन गरि आम जनतालाई कामको अवसर प्राप्त गर्ने व्यवस्थापन गर्ने योजनाहरु वनाएका छौ । विशेष गरि हामीकहाँ स्थापना भएका चन्द्रागिरि हिल्सलाई सुविधा सम्पन्न पर्यटकीय क्षेत्र बनाई यहाँ भएका मठमन्दिरमा पर्यटकलाई भर्मण गर्ने वातावरण तयार गरी सवै जनताले आयआर्जन गर्ने अवसर सृजना गर्ने काममा हामी लागी परेका छौ ।

कोभिड-१९ को माहामरीबाट जनताको जीवन रक्षा गर्न के कस्ता कार्यहरु भएका छन  ?

– कोभिड-१९ को कारण विगत एक वर्ष देखि आमजनतालाई स्वस्थ्य सम्वन्धि सारै दुख भोग्नु परिरहेको छ । निम्न आय भएका जनतालाई निकै अफ्ट्यारो भएको छ । यसैलाई मध्ये नजर राखी आ.व. २०७७ देखि निरन्तर कोभिड-१९ को बारेमा सवै जनतालाई सचेत गराउने कामहरु भइरहेको छ । विशेष गरि कोरोनालाई परास्त गर्न कोरोना बारे जनचेतना फैलाई कोरोना हुन नै नदिने वातावरण तयार गर्ने कार्यमा जुटेका छौ । त्यसलाई निरन्तरता दिइ आगामी दिनमा आउने चुनौतिलाई सामना गरी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु तयार गरी आम जनातालाई ढुक्क हुने वातावरण सृजना गर्ने योजना छ । म आफै पनि एक वर्ष देखि कोभिड-19 महामारिको अन्त्यको लागी आफ्नो वडामा मात्र होईन सम्पूर्ण नगरपालिकाभित्र स्वास्थ्यका तालिम, सेमिनारमा सहभागि भई जनतालाई चाहिने आधारभूत सामान ‌औषधि उपलव्ध गराउने काममा खटिरहेको छु । भगवान संग प्राथना गर्दछु आउदा दिनहरुमा यस्तो भयावह रोग कसैलाई नलागोस् ।

कर्णाली डायरी नामक अनलाईन पत्रिका चन्दागिरि-४ मा कार्यालय स्थापना गरि २०७८ साल बैशाख ३० गते (May 3,2021) बाट शुभारम्भ हुदै छ । विश्व प्रेस स्वतन्त्रता दिवस को ऐतिहासिक दिनमा शुभारम्भ (Launching) हुने कर्णाली डायरी को सफलताको लागी यहाबाट शुभकामनाको अपेक्षा गरेका छौ ।

– “कर्णाली डायरी” नामक अनलाईन पत्रिका चन्दागिरि-४ थानकोटमा कार्यालय स्थापना गरि यस नगरपालिकामा भएका गतिविधिहरु जनताको घरदैलोमा पुर्याइ जनतालाइ सु-सुचित गर्ने काममा हाम्रो तर्फबाट चाहिने सुझाब सल्लाहका लागी हामी सदा तयार छौ । “कर्णाली डायरी” हाम्रो वडामा कार्यालय स्थापना भई सञ्चालन हुन लागेकोमा हर्षित हुदै “कर्णाली डायरी” को सफलताको  शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *