अन्तर्वार्ताविविध

अन्तर्वार्ता: नन्दबहादुर शाही

Advertisements
MAHABAI RURAL MUNICIPALITY

असार १६, २०७८।काठमाडौं।

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाजुरा जिल्लाको जुकोट गा.बि.स.को अध्यक्ष पदको निर्वाचनमा अत्यन्त ठूलो लोकप्रिय मतले बिजयी( १४०० मतको बिरूध्द १७२ मत) श्री नन्दबहादुर शाही २०५४ सालको निर्वाचनमा पुन: निर्बिरोध निर्वाचित हुनु भएको थियो।बाजुरा जिल्लाको नेकपा( एमाले) को सॅस्थापक जिल्ला कमिटी सदस्य हुदै  राजनीतिमा क्रियाशील रहदै आउनु भएका श्री शाहीसंग ‘कर्णाली डायरी’ का सह-सम्पादक राजकुमार सिंहले गरेको संक्षिप्त सम्वाद:

तपाई दुई पटक गा.बि.स. अध्यक्ष भएर काम गर्नु भयो।तपाईको कार्यकालमा भएका काम र अहिले स्थानीय तहमा भैरहेका कामलाई कसरी मूल्यांकन गर्नु भएको छ?

– मेरो कार्यकालमा ग्रामिण बिकास, जनस्वास्थ्य,जनसंख्या व्यवस्थापन, कृषि क्षेत्रको दिगो बिकास, शिक्षा बिकासलाई पहिलो प्राथमिकतामा  राखेर योजनाबध्द बिकास कार्य थालनी गरिएको थियो। यी सबै कार्यहरू सबै राजनीतिक दलहरूको सहयोग र सहमति जुटाएर सम्पन्न भएका थिए।सबैलाई साथमा लिएर काम गर्ने मेरो भाबनालाई कदर गरेकै कारण म दोस्रो पटक निर्विरोध निर्वाचित भएको हॅू।अहिले स्थानीय तहले पनि मेरो कार्यकालमा भएका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेकोमा म सन्तुष्ट छु।

तपाई बाजुरा जिल्लाको नेकपा( एमाले) को सॅस्थापक जिल्ला कमिटी सदस्य हुदै राजनीतिमा क्रियाशील हुदै आउनु भएको छ।अहिलेको राजनीतिलाई कसरी मूल्यांकन गर्न भएको छ?

– नेकपा( एमाले) क. पु्ष्पलाल श्रेष्ट, क. मनमोहन अधिकारी, जननेता मदन भण्डारी लगायत अग्रजहरूको विरासतमा चलेको अनुशासित र सिध्दान्तनिष्ट पार्टी हो।अहिले पार्टीमा देखिएको मतभेदले जनता, नेता कार्यकर्तालाई दु:खित तुल्याएको छ।सबैको भाबना र देशको आबश्यकतालाई बुझेर पार्टी एकतालाई बचाउनुको बिकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *