सम्पादकीयहेडलाइन

सम्पादकिय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिवियाको राजधानी विन्डहकमा सन् १९९१ को २९ अप्रिल देखि ३ मे सम्म भएको अफ्रिकी पत्रकारहरुको सम्मेलनले “बहुलबादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र” जारी गरेको सम्झनामा सन १९९३ मे ३ देखि सयुक्त राष्ट्रसंघको साधारण सभाले “विश्व प्रेस स्वतन्त्रता दिवस” मनाउने निर्णय गरेको हो । यो दिवस समाचार संकलन र प्रसारणका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई सम्झना र सम्मान गर्दै मनाइन्छ ।

सूचनाको हक हाम्रो संविधान प्रदत्त मौलिक हक हो भने प्रेस सुरक्षा र स्वतन्त्रता हाम्रो दायित्व हो । सही, सत्य र निष्पक्ष समाचार संकलन र प्रसारणका लागि ज्यानकै बाजी थाप्न पनि पछि नपर्ने पेसाकर्मीहरुप्रति हार्दिक नमन गर्दै “विश्व प्रेस स्वतन्त्रता दिवस” को अवसरमा “कर्णाली डायरी” सवैलाई शुभकामना व्यक्त गर्दछ । “कर्णाली डायरी” राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास, समृद्धि, जीवन, स्वतन्त्रता, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूणप्रतिवद्ध रहि आज विश्व प्रेस स्वतन्त्रता दिवसको ऐतिहासिक दिनमा “कर्णाली डायरीको”(karnalidiary.com) को शुभारम्भ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *