देशको बिकास सजिलो हुदैन
डा. युबराज संग्रौला-प्राध्यापक, काठमाडौं स्कूल अफ ल
देशको बिकास सजिलो हुँदैन।तर हामीले थुप्रै देशकको अनुभवबाट शिक्न पाउने अवसर छ। तर एउटा अकाट्य यथार्थ स्थापित छ, त्यो होरास्ट्रको प्रतिगामी स्थाइत्व लाई समाप्त गरेर आर्थिक र सामाजिक बिकासलाई अगाडि बढाउन, देशका समस्त युवाहरूको रचनात्मकसहभागिता आवास्यक हुन्छ। नेपालमा जस्ता सुकै राजनीति दल सत्ता पुगेपनी बर्तमान युवाहरुको सोच र प्रवृत्तिलाई बदल्न सकिएन भने, नेपालमा आर्थिक समृद्धि र प्रगतिशिल सामाजिक रुपान्तरणको योजना लागुहुन सक्दैन।
१. नेपालमा तीन तरीकाले युवा उत्पादन शक्तिको क्षय भैरहेको छ। ५० प्रतिशत महिलाहरुलाई उत्पादनका औपचारिक क्षेत्रबाटबिस्थापित गरिएको छ। बांकी रहेको ५० पुरुष युवाशक्ती उत्पादनका क्षेत्रबाट बाहिर छ। यो डरलाग्दो यथार्थता हो। यदि यस्का विरुद्धतत्काल चेतना निर्माण नगर्ने हो भने, जतिसुकै राम्रो राजनीति स्थिरता भएपनि देशको स्वतन्त्रता बिसर्जनको बाटोमा जानेछ।
२. देशको युवाशक्तिको ठूलो हिस्सा राजनीतिमा छ र त्यो हिस्सा बिरोध, हिंश्रक गतिविधिमा संलग्न छ। नेताको पक्षमा मोटर साइकलजूलूस, पार्टीको प्रचारमा आडम्बरी प्रचार प्रसार, कहिले के फोर्श र कहिले के फोर्शका नाममा युवा भनेको लठैत हो भन्ने अर्थ लाग्नेकाममा प्रयोग हुदै आएको छ। अर्को ठूलो हिस्सा बिदेशमा कामगर्छ।उसलाई सरकारले नै संझौता गरेर बेचेको छ। नेपालको करेन्सी कतैबिक्दैन, तर नेपाली शरीर जताततै बिक्छ। अर्कोतिर हिस्सा नेपाली सेना, प्रहरी, र विभिन्न क्षेत्रमा छ, जस्को प्रयोग उत्पादनसिल हुनसकेको छै। जब समस्त युवा उत्पादनको क्षेत्रबाट बाहिर देश कसरी बिकास हुन्छ। युवा शक्तिको राजनीति दुरुपयोग नेपालको आर्थिकबिकासमा एउटा गम्भीर समस्या हो। रास्ट्र्को हित राजनीति दलहरूको सरोकार बन्न नसकेको हुँदा यो अवस्था निर्माण भएको हो।
३. सन १९३० को मन्दीपछी, अमेरिकी अर्थशास्त्रीले कृषी र उद्धोगमा आम युवा परीचालनको योजना अगाडी ल्याए। लाखौं युवाहरूउत्पादनमा खटीए र मन्दीको समस्यालाई संभोधन गरे। जब क्यास्ट्रोले क्युवा मुक्त गरे, अमेरिकी कम्पनीहरुले उत्पादन बन्द गरे, उल्टैक्युवाको समुल अर्थतन्त्रको स्याबोटेज गर्ने षड्यन्त्र गरे। क्युवाले लाखौं युवा स्वयंसेवकहरु परीचालन गरि दसौं गुणा बढी उखु र चिनीउत्पादनको अभियान चलायो, पार्टीका नेता समेत यस्मा खटिए। शोभियत युनियन सङ्ग चिनी दिएर पेट्रोलियम सट्टा गर्ने सन्धि भयो।कृषीको यश अभियानले क्युवालाइ अगाडि बढ्ने आधार तयार भयो।
४. सन १९४९ मा नयाँ चीन स्थापित भएपछि, लाखौं युवाहरूलाई स्वयंसेवक भै उत्पादनमा सरीक हुन र रास्ट्र्को निर्माणमा योगदान गर्नआव्हान गरियो। दसौं लाख युवाहरूले कृषिमा किसानहरुलाई सहयोग गरे। सन १९५० मा चिनमा कृषि उत्पादन ४९% का दरले बड्यो र१९५३ सम्ममा सम्पुर्ण जनतालाई पुग्ने गरि उत्पादन भयो। १९५० मा ८४०० देहब्यापार केन्द्रहरु बन्द गरि करीब २ लाख युवतीहरुलाईउद्योग मज्दुरमा सरिक गराइयो। लाखौं युवाहरूले १९५०मा चीनलाई सफापार्ने अभियान चलाए र सबै कुडाकरकट गार्बेज सफा पारे।
के देशका युवालाइ परीचालित नगरी देशको आर्थिक बिकास गर्न संभब छ?
तेसैले,
क. युवा साथीहरू, बिश्वबिद्धालयमा पड्ने सबै बिद्यार्थीलाई एक बर्से रास्ट्रीय उत्पादन प्रबर्द्धन अभियानमा सरीक गराइ बांझा जमिनमाखेती गरौँ। यो माग राखेर सरकारलाई सोच्न बाध्य गरौं।
ख. आर्मीले सातै प्रदेशमा एकीकृत कृषी फार्म संचालन गर्ने र प्रयोगशाला शहितको उत्पादन र प्रशोधन केन्द्रको स्थापना र सचालनकालागि दवाव निर्माण गरौं ।
३. चिया बिकास निगमलाई लिलामबाट फीर्ता गरी बिदेशबाट फर्कीएका युवाहरूलाईलाई सन्चालनको जिम्मा दिने ब्यबस्थाका लागीआवाज उठाऔ।
४. स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान शुरु गरौं।
देश नागरिकले बनाउने हो। यिनै अभियानले राजनीतिका माफीयालाइ समाप्त गर्नेछ। भ्रम र आग्रह बाट बाहीर आऔं र लठैतको होइन सम्मानित नागरिकको भुमिका गरौं।
डा. युबराज संग्रौलाको फेसबुकबाट साभार