खेलकुद

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ४ फागुन २०७९, बिहिवार

काठमाडौं – आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शीर्षस्थानको आर्सनललाई उसकै मैदानमा ३–१ गोल अन्तरले हराएको हो।

सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीले सुरूआती अग्रता दिलाए।

तर ४२ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमै १–१ गोलको बराबरीमा ल्याए।

पेनाल्टी बक्समा गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् ।

खेलको ७२ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। त्यसपछि ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि समान ५१ अंक नै भए पनि गोलअन्तरमा पछि परेको हो।

सिटीले तेस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडसँगको अंक दूरी ५ मा पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *