अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

Advertisements
MAHABAI RURAL MUNICIPALITY

१५ वैशाख (रासस÷सिन्ह्वा) ः

बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो । उहाँले बुधबार भन्नुभएको छ बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *