अन्तर्राष्ट्रिय समाचारकोरोना अपडेटहेडलाइन

विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य’

Advertisements
MAHABAI RURAL MUNICIPALITY

विश्वव्यापी स्वास्थ्य संकटकाल  अन्त्यभएको डब्लुएचओकोघोषणा

कोभिड१९ को प्रभाव घट्दो

२०८० बैशाख २३,काठमाडौ़।शनिबार

डब्लुएचओले सचेत गराउँदै भनेको संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको भनेहोइन।

विश्वभर : ७६ करोड ५२ लाख संक्रमित, ६९ लाख २१ हजार ६१४ को मृत्यु
नेपालमा : १० लाख हजार संक्रमित, १२ हजार ३१ को मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ ले निम्त्याएकोविश्वव्यापी स्वास्थ्य संकटकालअन्त्यभएको घोषणा गरेको बिहीबार बसेको डब्लुएचओको आपत्कालीन समितिको बैठकले तीन वर्षअघिकोभिड१९ लाई गरिएकोअन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य संकटकाल (पिएचइआइसी)’ कोवर्गीकरण अन्त्य गर्ने निर्णय गरेको हो 

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा निर्णयकोजानकारी गराएठूलो आशाका साथ कोभिड१९ विश्वव्यापी स्वास्थ्य आपत्काल नरहेको घोषणागर्दछु,’ टेड्रोसले भने यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभिड१९ का लागि जारी संकटकाल अन्त्यकोघोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको  

डब्लुएचओले पहिलोपटक ३० जनवरी २०२० मा कोभिड१९ लाईकोभिड संकटकालघोषणा गरेकोथियो त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा बैठक बसेरसावधानीको चेतावनी जारी गर्दै आएको  

संगठन कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको होइन,’ विश्व स्वास्थ्य संगठनकी कोभिडविषयक प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन् विज्ञहरूले व्यावहारिक रूपमा विश्व स्वास्थ्यसंगठनको यस घोषणाले त्यति ठूलो परिवर्तन ननिम्त्याउने बताएका छन् अधिकांश मुलुकले तिनकोसीमाभित्र कोभिड१९ विरुद्ध लागू संकटकाल अन्त्य गरेर भाइरस नियन्त्रणका लागि पहिले लागू भएकाप्रायः सबैजसो नियन्त्रण हटाइसकेका छन्

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहेको समय २०२० मार्चमा डब्लुएचओले कोभिड१९ लाईमहामारीको रूपमा घोषणा गरेको थियो डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोभिड१९का ७६ करोड ५२ लाखभन्दा बढी संक्रमितको पहिचान भयो भने ६९ लाख २१ हजार सय १४ सोही रोगकाकारण बिते सोही तथ्यांकअनुसार नेपालमा हालसम्म कोभिड१९ का १० लाख तीन हजार चार संक्रिमितभेटिए भने १२ हजार ३१ को मृत्यु भएको पुष्टि भएको  

Leave a Reply

Your email address will not be published. Required fields are marked *