समाचार

सिन्धुलीमा भारतीय कार दुर्घटना, ४ जनाको मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २९ चैत्र २०७९ , बुधबार

काठमाडौं _विपी राजमार्गको खनियाखर्क नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौ तर्फ जाँदै गरेको बीआर ०६डिडि०६८७ नम्बरको गाडी सडकबाट करिब पाँच सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुखले जानकारी दिए।

दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको छ ।राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *