समाचार

बैतडीमा जिप दुर्घटना एकै गाउँका ६ जनाको मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २९ चैत्र २०७९ ,बुधबार

काठमाडौँ  _बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति ११ बजेतिर जिप दुर्घटना भएको छ । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको  छ ।

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको  जीप दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।दुर्घटनामा परेर नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा यात्रारत अन्य ५ जना सकुसल रहेका छन् । उनीहरूले जिप सडकबाट खस्ने क्रममा हामफालेका थिए । चालक अर्जुन बोहरा सम्पर्कविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *