राजनीति

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २० चैत्र २०७९ , सोमबार

काठमाडौँ _ आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ।रिक्त रहेका प्रतिनिधि सभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय दिएको छ।

गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। त्यस्तै प्रतिनिधिसभा सदस्यमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले रिक्त स्थान पूर्ति गर्न ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *