राजनीति

माओवादीको समर्थन प्राप्त गर्न राष्ट्रपतिमा माधव नेपालको चर्चा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ९ फागुन २०७९, मंगलवार

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्र्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्।

पूर्व सहमति अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय एमालेले गरिसकेको छ। तर, उम्मेदवार सार्वजनिक गरेको छैन। बरु अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चाले राजनीति बजार चुलिएको छ।

वर्तमान गठबन्धन कायम राख्न ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन्। यस्तो अवस्थामा माओवादीले त माधव नेपाललाई स्वीकार्छ नै, कांग्रेसलाईसमेत धर्मसंकेत पर्ने देखिएको छ।

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन घोषणा गर्ने बताइसकेका छन्। माओवादी केन्द्रले एमाले उम्मेदवारलाई राष्ट्रपति स्वीकार्न नसक्ने बताएपछि ओली दबावमा परेका छन् र उनी आफ्नै खेमाबाट राष्ट्रपति बनाउन चाहन्छन्।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने जिम्मा पार्टीले अध्यक्ष ओलीलाई दिइसकेको छ। ‘अहिले हाम्रा अध्यक्ष मुखमा पानी हालेर बस्नु भएको छ,’ ओली निकट एक पदाधिकारीले डिसी नेपालसँग भने, ‘राष्ट्रपतिको उम्मेदवार को बनाउने भन्ने विषय उहाँबाहेक अहिले अरुलाई जानकारी छैन।’

एमालेभित्रैबाट राष्ट्रपति बन्ने अवस्था आए, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यको संभावना बलियो छ। ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्न सक्ने अवस्था नदेखिएपछि ओलीले सर्वस्वीकार्य व्यक्तिको खोजी गरिरहेका छन्। एमालेले राष्ट्रपति नपाउने अवस्थामा माधव नेपालको नाम ओलीले अगाडि सार्ने नेताहरुले बताएका छन्।

तर माधव नेपाल अहिलेको गठबन्धन भत्काउन सक्रिय भएको अवस्थामा उनलाई नै राष्ट्रपति बनाउने कुरा राजनीतिक र नैतिक रुपमा पनि उचित नभएको भन्दै एमालेभित्रकै एक खेमाले विरोध गर्न थालेको छ।

तर माधव नेपालको नाम लिँदा माओवादी र नेपाली कांग्रेसको पनि समर्थन प्राप्त हुने र त्यस्तो अवस्थमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने भन्दै ओलीले माधव नेपालको नाम अगाडि बढाउने संभावना रहेको ओली निकट स्रोतले जनायो।

संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा माओवादीले जसलाई समर्थन गर्यो उसैको उम्मेदवार राष्ट्रपति बन्ने अवस्था छ। माओवादीभित्र एमालेलाई राष्ट्रपति दिन नहुने मत बलियो छ भने भूराजीतिक अवस्था पनि एमालेको पक्षमा देखिएको छैन।

त्यसैले माओवादीले पनि स्वीकार गर्न सक्ने र गठबन्धन पनि कायम रहने गरी ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सार्ने संभावना रहेको बताइएको छ।

राष्ट्रपतिको निर्वाचनमा संघ र प्रदेशका सांसदहरु मतदाता रहने ब्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन आउँछ।

सोही मतभार अनुसार राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।

नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ। कांग्रेसका उम्मेदवारलाई विजयी हुन करिब दश हजार मत आवश्यक पर्दछ। यसमा अन्य साना दलको मतभार जोड्दासमेत उसलाई जितको लागि अपर्याप्त हुन्छ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ। एमालेका उम्मेदवार विजयी हुन समेत माओवादीको मत र अन्य साना दलको मत अपरिहार्य देखिन्छ।

माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ। अहिलेको निर्वाचनमा माओवादीको मत निर्णायक देखिएको छ। उसले जसलाई समर्थन गर्दछ। सोही उम्मेदवार विजयी हुने हालको अंकगणितले दर्शाउँछ।

अन्य साना दलहरुको मतभारले समेत निर्णायक भूमिका खेल्ने भएपनि मतभार का दृष्टिले माओवादीको मत निर्णायक हुने तथ्यले दर्शाएको छ।
यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। अहिलेको सत्ता गठबन्धनमै रहेको हुँदा रास्वपाको मत गठबन्धनकै उम्मेदवारलाई जाने हालसम्मकै अवस्थाले देखिन्छ।

सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ। सरकारमा सहभागी हुन शर्त अगाडि सारेको उसले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्छ यकिन छैन।

निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग चिढिएको जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। यही अंकगणितका आधारमा सम्भावित विजयी उम्मेदवारको जितको आँकलन गर्दै जोडघटाउमा जुटिरहेका छन्।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्र्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *