समाचार

मिटरब्याजपीडितसँग पाँच बुँदे सहमति

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ चैत्र २०७९ ०७:१३ आइतबार

काठमाडौँ _ सरकारी वार्ता टोली र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार सहमति भएको छ । पाँच बुँदे सहमतिसँगै  मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान बालुवाटारमा मिटरब्याजपीडितहरूसँग भेटी उनीहरूका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएका थिए। भेटमा दाहालले आफू मिटरब्याजपीडितका समस्या समाधान गर्न आतुर रहेको बताएको उनको सचिवालयले जनाएको छ। पीडितहरूसँगको भेटमा दाहाललाई उद्धृत गर्दै सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘समस्या समाधान गर्न सरकार गम्भीर छ। समस्याको दीर्घकालीन समाधानका लागि कानुन निर्माण प्रक्रिया अघि बढाइसकिएको छ। तत्कालका लागि न्यायिक अधिकारसहितको आयोग फिल्डमै गएर पुर्जी काट्ने अवस्था सिर्जना गरिन्छ।

यस्ता छन् सहमतिका बुँदा

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *