समाचार

आजदेखि एसईई परीक्षा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १७ चैत्र २०७९ ,शुक्रबार

काठमाडौं _ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *