राजनीति

उपराष्ट्रपतिको शपथ आज

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ६ चैत्र २०७९ , सोमबार

काठमाडौँ_नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका हुन्।

निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *