राजनीति

आज स्ववियु निर्वाचन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ५ चैत्र २०७९ , आइतबार

काठमाडौं -त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव हुने भएको छ।

६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने हुन्छ।

विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत त्रिविले अपिल पनि गरेको छ । काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्।

उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *