खेलकुद

‘ए डिभिजन लिग’मा खुमलटारको विजयी सुरुवात

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ फागुन २०७९, शुक्रवार

काठमाडौँ –  क्यामरुन खेलाडी मेसुके ओलामोउको निर्णायक गोलको मद्दतमा ‘सहिद स्मारक ए डिभिजन लिग’ ०८९/०८० को उद्घाटन खेलमा नवप्रवेशी खुमलटारले विजयी सुरुवात लिएको छ । उसले माथिल्लो डिभिजनको डेब्यु खेलमा फ्रेन्ड्समाथि १–० को जित निकालेको हो ।

दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला ओलामोउले ८९ औं मिनेटमा गोल गरेको हुन् । यससँगै खुमलटार तीन अंक बटुल्न सफल रह्यो । विशेषतः दोस्रो हाफमा खुमलटारले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरे पनि उसलाई भाग्यले साथ दिएको थिएन ।

तर खुमलटारको शृंखलाबद्ध आक्रामणले अन्ततः अन्तिम मिनेटमा रंग देखाएको थियो । त्यस अगाडि ओलामोउ र स्टेफिन बियोङको प्रहार पोस्टमा लागेर फर्केको थियो । पहिलो हाफमै विनोङ र ओलामोउको प्रहारले पोस्टको दिशा लिन सकेन् । यस्तै फ्रेन्ड्सका लागि पहिलो हाफको १८औं मिनेटमा उत्तर राई राम्रो अवसरमा चुके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *