खेलकुद

केपी ओली कप अगाडि कलाकार र नेताबीच मैत्रीपूर्ण खेल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – आगामी फागुन ११ गतेदेखि हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार कलाकार र नेताबीच मैत्रीपूर्ण खेल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा राजनीतिज्ञको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गरेका थिए भने कलाकारको नेतृत्व धिरेन शाक्यले गरेका थिए।

फागुन ११ गते हुने उद्‍घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दै केपी ओली कपको सुरूआत गर्नेछन्।
फाइनल खेल फागुन १७ गते दशरथ रंगशालामा हुनेछ।

एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *