राजनीति

एमालेको निर्णयले प्रचण्डलाई तनाव, तत्काल सरकारबाट नबाहिरिने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – नेकपा (एमाले) ले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसम्म सरकार नछाड्ने निर्णय गरेको हो । एमालेले आज हुने राष्ट्रपतिको उम्मेदवारीमा भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता पृथ्बीसुब्बा गुरुङले पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय नगरेको जानकारी दिए । उनले पुष १० गतेको सहमति पालना गराउन आफ्नो दलले अधिकतम प्रयास गर्ने जानकारी दिए । पुष १० गते एमालेलाई राष्ट्रपति दिने सहमति भएको नेताहरुको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने एमालेले आजै सरकारबाट बाहिरिने निर्णय गर्ने अपेक्षा राखेका थिए । तर, प्रचण्डको सोचाईको ठीक उल्टो एमालेले सरकारलाई दिएको समर्थन र सरकारमा रहने कुरालाई यथावत राखेको छ । प्रधानमन्त्री दाहालले भने एमाले आजै सरकारबाट बाहिरिए कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *