राष्ट्रिय समाचार

६१ सहसचिवको सरुवा हुँदा ३ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ – सरकारले ६१ सहसचिव सरुवा गर्ने क्रममा ३ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव उद्धव रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा गरेको छ  ।

धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका मातृका भट्टराईलाई दिइएको छ ।

मन्त्रालयले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत सहसचिव कृष्णप्रसाद सापकोटालाई दिएको छ भने तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सहसचिव रामबहादुर केसीलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *