खेलकुद

सन्दीप लामिछानेको रिटमा अग्राधिकार, सुनवाइ १४ गते

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – सर्वोच्च अदालतले सन्दीप लामिछानेको सुनवाइ १४ गते (आइतबार)लाई सारेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेको रिटमा अग्राधिकार दिंदै आइतबारलाई सुनवाइ सारेको हो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ।

उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए।

नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *