समाचार

कर्णालीको खस्किँदो शिक्षा प्रणाली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – शिक्षण संस्थाबाट बर्सेनि शैक्षिक जनशक्ति उत्पादन हुँदा बेरोजगारको सङ्ख्या वृद्धि भइरहेको छ । सूचना र प्रविधिको उच्चतम विकास भइरहेको वर्तमान परिवेशमा विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षण संस्थाले उत्पादन गरेको जनशक्ति प्रतिस्पर्धाको बजारमा खासै सक्षम देखिएको गत माघमा सार्वजनिक भएको प्रावि तहको शिक्षक सेवा आयोगको नतिजाले देखाएको छ ।

सो नतिजामा खुला बजारबाट आएका परीक्षार्थीको तुलनामा अस्थायी, करार र साविकको उमाविमा कार्यरत शिक्षकले आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षामा धेरैले नाम निकालेका छन् । शिक्षक सेवा आयोगको परीक्षामा धेरै शिक्षकले उत्तीर्णाङ्क ल्याउन नसकेरै असफल भएका छन् । कर्णाली प्रदेशका १० जिल्ला गरेर प्रावि तहमा आठ सय ७३ शिक्षक माग गरिएको थियो । परीक्षामा एक हजार एक सय ७८ जना सहभागी भए । यद्यपि, परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमा छ सय ५६ अर्थात् ७५ प्रतिशतले मात्र प्रावि तह तृतीय श्रेणी शिक्षक पदमा नाम निकाल्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *