विचारसमाचारहेडलाइन

नेपालमा कानूनको शासन छ कि सैनिक शासन?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; बुधवार, २० पौष २०७९

काठमाडौं -नेपाली सेनाका”उपरथी प्रेम शाहीलाई हिजो सैनिक प्रहरीको नियन्त्रणमा” लिई स्वास्थ्य परिक्षण र अनुसन्धान थालिएको छ।

उपरथी शाही उमेद हदका कारण २०७९ साल पुष २० गते अवकाशमा जादै थिए तर आफ्नो वास्तविक उमेर भन्दा १ बर्ष पहिले अवकाश दिएको भन्दै उपरथी शाही सर्वोच्च अदालत गएपछि सर्वोच्च अदालतले “ अवकाशमा पठाउने निर्णय कार्यान्ययन नगर्न आदेश” दिएपछि उपरथी शाही नियमित कामका लागी जंगी अड्डा पुगे लगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षणका लागी बीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको र स्वास्थ्य परिक्षण पछि अस्पतालमै राखेर वा सैनिक मुख्यालयमा ल्याएर अनुसन्धान गर्ने जनाईएको छ।

प्रश्न गम्भीर छ: सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम नियमित काममा आएका उपरथी प्रेम शाहीको स्वास्थ्य परिक्षण गर्ने कि अदालतको आदेश विपरित शाहीलाई पक्राउ गर्नेहरूको स्वास्थ्य जॅाच गर्ने ? सवाल अत्यन्त गम्भीर छ। नेपालमा “कानूनको शासन” छ कि “ सैनिक शासन” ?

समाचार स्रोतका अनुसार उपरथी शाहीको तर्फबाट आज अदालतको अवहेलना र बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जाने जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *