अन्तर्राष्ट्रिय समाचार

रुस–युक्रेन युद्धको वार्षिकी : नेपालसहित १४१ देशले गरे रुसको भ्रर्त्सना

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । यही युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ । महासभाले लडाइँ रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको छ ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो ।

२०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए । त्यसयता दुवै तर्फका सेनामा ठूलो क्षती भएको छ । रुसी आक्रमणबाट युक्रेनका थुप्रै सर्वसाधारण पनि मारिएको, कयौं मानिसहरु छिमेकी देशमा विस्थापित भएको र शहरहरु खण्डहरमा परिणत भएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *