अन्तर्राष्ट्रिय समाचारखेलकुद

कतार विश्वकपमा पुरानै विजेताले उपाधि जित्ने पक्का, यी हुन् अहिलेसम्मका विश्वकप विजेता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

काठमाडौं –सेमिफाइनलमा क्रोएसिया र मोरक्कोको चुनौती समाप्त भएपछि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा नयाँ विजेता नहुने पक्का भएको छ ।

फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सले यसअघि समान दुई पटक विश्वकप जितिसकेका छन् ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया र पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको मोरक्कोबीच शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

१९९८ मा डेब्यु विश्वकपमै सनसनी मच्चाउँदै तेस्रो भएको क्रोएसिया २०१८ मा उपविजेता बनेको थियो । मोरक्को भने विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो ।

फाइनलमा अर्जेन्टिना र फ्रान्स जो विजेता भएपछि तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ ।

अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकप जितेको थियो भने फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।

अहिलेसम्म फिफा विश्वकपको २१ संस्करण आयोजना भइसक्का ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

सबै २२वटै संस्करण खेल्ने एक्लो टिम ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ । यस्तै इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा अर्जेन्टिना र फ्रान्ससँगै उरुग्वेल समान २ पटक जितेका छन् । इंग्ल्याण्ड र स्पेनले १-१ पटक विश्वकप जितेका छन् ।

यसपटक इटली बाहेक ७ वटै च्याम्पियनले कतारमा विश्वकप खेलेका थिए । इटली भने छनोट हुनै सकेन ।

यस्तै विश्वकपमा अहिलेसम्म कुल १३ राष्ट्रले फाइनल खेलेका छन् । ८ राष्ट्रले उपाधि जित्दा फाइनल पुगेर पनि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएशियाले उपाधि जित्न सकेन ।

नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि तीनै पटक उपविजेता बन्यो । चेकोस्लोभाकिया र हंगेरी भने समान दुई पटक फाइनलमा पराजित भएका थिए । क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पहिलो पटक फाइनल पुगेको थियो ।

यी हुन् अहिलेसम्मका विश्वकप विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *