खेलकुद

आजअर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै : दुई बालन डी’अर विजेताको टक्कर

Advertisements
MAHABAI RURAL MUNICIPALITY
कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा आज राति अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया आमनेसामने हुँदैछन्।
चार वर्षअघिको फाइनलिस्ट क्रोएसिया फेरि एक पटक फाइनल यात्रा तय गर्न चाहन्छ।मेसीले तीन फरक विश्वकपका खेलमा गोल र असिस्ट दुवै गरेका छन्। जसमध्ये दुई खेल जारी विश्वकपको समूह चरणमा मेक्सिको र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गरेका थिए। सन् १९६६ पछि कुनै खेलाडीले पनि विश्वकपका चार खेलमा गोल र असिस्ट दुवै गरेका छैनन्। क्रोएसियाविरुद्ध मेसी त्यो डेडलक तोड्ने प्रयासमा हुनेछन्।

क्रोएसियाका स्ट्राइकर ब्रुनो पेटकोभिचले आइतबार एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘मेस्सीलाई रोक्न हामीसँग अहिलेसम्म कुनै विशेष योजना छैन । सामान्यतः हामी एकजना खेलाडीलाई मात्र भन्दा पनि पूरा टिमलाई रोक्नमा ध्यान केन्द्रित गर्नेछौं । किनभने अर्जेन्टिनामा मेस्सीबाहेक थुप्रै स्टार खेलाडीहरु छन् ।’

  • विगतमा दुई टोली
  • कुल खेल  : ५
  • अर्जेन्टिना विजयी  : २
  • क्रोएसिया विजयी  : २
  • बराबरी : १

जसमा दुवैले दुई दुई जित र एक खेलमा बराबरीको नतिजा निकालेका छन् । विगतको नतिजाले पनि आज राति यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त थप रोचक हुने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *