खेलकुद

केपी ओली कप आजबाट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ , बिहीबार

काठमाडौँ-केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता आज बिहिबारबाट सुरु हुँदैछ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको फाइनल बाहेक सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ।

यस प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख रुपैयाँ नगद तथा उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। खेल फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *